Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने ‘अखडा’


    शनिबार, साउन २१ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । ‘लायक’ सचिव राखेर ‘एक्सन’मा उत्रनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ‘सचिव डम्प गर्ने अखडा’ बन्न पुगेको छ ।

    कसैलाई मन्त्रालयबाट हटाउनुप-यो भने ती सचिवलाई प्रधानमन्त्री कार्यालय लगेर ‘कारबाही गरेको’ अनुभूति दिलाइन्छ । यस्ता प्रवृत्तिका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘कामकारबाही प्रभावकारी हुन नसकेको’ कार्यालयकै अन्य कर्मचारीको गुनासो छ । त्यहाँ लैजाने हरेक सचिवले ‘डोमिनेट’ अनुभूति गर्ने गरेका छन्, जसका कारण उनीहरूले ‘परिणाम दिनेगरी’ काम गर्न सकिरहेका छैनन् ।

    यसअघि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सात सचिव रहेकामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः दुई सचिवलाई प्रधानमन्त्री कार्यालयमै ल्याएर ‘डम्प’ गरेको छ ।

    अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र उद्योग मन्त्रालयका सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री कार्यालयको ‘अतिरिक्त समूह’मा राखिएको छ । जहाँ उनीहरूको कुनै कामै हुँदैन ।

    यी हुन्, थुपारिएका आठ सचिव
    लक्ष्मण अर्याल, दिनेश भट्टराई, सूर्य गौतम, मधु मरासिनी, अर्जुन पोखेरल, धनराज ज्ञवाली, सुरेश आचार्य र खगेन्द्र नेपाल

    प्रधानमन्त्री कार्यालयमा रहेका यादव कोइरालालाई राष्ट्रपति कार्यालय सरुवा गरिएपछि यसअघि रहेको सचिवको सात संख्याबाट घटेर ६ थिए । तर, बिहीबार मरासिनी र पोखरेललाई प्रधानमन्त्री कार्यालय ल्याइएपछि अब सचिव संख्या ८ पुगेको छ । आधा दर्जनभन्दा बढी सचिव हुँदासमेत ‘कसैले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुधार्नेगरी विशेष योजना र कार्यक्रम ल्याउन’ सकेका छैनन् ।  आजको राजधानी दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार