Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्यानडा पठाइदिन्छु भन्‍दै ७ लाख रुपैयाँ ठगेको आरोपमा एक महिला पक्राउ


    शुक्रबार, साउन २० २०७९
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  क्यानडा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-६ बस्‍ने ४७ वर्षीया छरिङ डोमा शेर्पा रहेकी छिन् ।

    शेर्पाले रत्नबहादुर तामाङलाई वर्किङ भिसामा क्‍यानडा पठाइदिने भन्‍दे ७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको दाबी छ ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको अत्तरखेलबाट पक्राउ गरेको छ ।

    पक्राउ परेका शेर्पामाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार