काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व विद्यार्थी अध्यक्ष रञ्जित तामाङ चुनाव लड्ने भएका छन् ।
झापा क्षेत्र नम्बर ५ बाट ओलीका विरुद्ध तामाङ चुनावी प्रतिस्पर्धामा उत्रिने भएका हुन् । सरकारले मंसिर ४ गते चुनावको समिति घोषणा गरेपछि तामाङले ओलीसँग चुनाव लड्ने सार्वजनिक गरेका हुन् ।
पाँच दलीय गठबन्धनमा सहभागी माओवादी नेता तामाङले टिकट पाए चुनाव लड्ने बताए । ‘हामी पाँच दलीय गठबन्धनमा छौ । गठबन्धनमा समझदारी बनाएर चुनावमा होमिनु छ’ तामाङले भने, ‘गठबन्धनबाट झापा क्षेत्र नम्बर ५ माओवादी भागमा परेमा म केपी कमरेड विरुद्ध उठ्छु । चुनाव जितेरै देखाउँछु ।’ गठबन्धनबाट आफूले टिकट पाउँने भएकाले ओली संगै चुनाव लडिने तामाङको भनाई छ ।
२०७४ सालको चुनावमा ओलीले ५७ हजार १ सय ३९ मत ल्याएर विजयी भएका थिए । ओलीका प्रतिद्वन्द्वी काँग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए ।
ओलीले माओवादी र राप्रपासँग गठबन्धन गरेर चुनाव जितेका थिए । काँग्रेसका अधिकारी एकल रुपमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला कुल १ लाख ३७ हजार ५१४ मत रहेकोमा ९३ हजार ४८ मत खसेको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend