Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २१ अर्ब भ्रष्टाचार प्रकरणमा मुछिएका चुडामणि शर्माको मुद्दा हेर्दाहेर्दैमा, सेटिङमा सफाइ पाउँदै 


    शुक्रबार, साउन २० २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा ढकालका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको राजस्व चुहावट र भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा विशेष अदालतले हेर्दाहेर्दैमा राखेको छ ।

    विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको संयुक्त इजलासले २०७९ साउन १७ गते शर्माको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दा साउन १८ मै टुंगिने र शर्माले सफाइ पाउने चर्चा थियो । विशेष अदालतका रजिष्टार अशोककुमार क्षेत्रीले उक्त मुद्दामा शर्मासँग सेटिङ गरिसकेको स्रोतले बताएको छ । क्षेत्री र शर्माबीच पटक पटक डिल भइसकेकाले उनले सफाइ पाउने निश्चित थियो । तर यसबीचमा रजिष्टार क्षेत्रीले विशेष अदालतका हरेक मुद्दामा सेटिङ गरेको समाचार सार्वजनिक भएसँगै शर्माको मुद्दा अन्योलमा परेको छ । 

    Screenshot (106).png

    २०७१ सालमा लुम्बध्वज महतको अध्यक्षतामा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मा सदस्य सचिव र उमेश ढकाल सदस्य रहेको कर फस्र्योट आयोगले २१ अर्ब रुपैयाँ कर मिनाहा गरी राज्यकोषमा नोक्सानी भएको प्रतिवेदन महालेखा परीक्षकको ५४ औं प्रतिवेदनमा उल्लेख गरिएको थियो । कर फस्र्यो आयोगको समग्र फाइल नै अध्ययन नगरी अख्तियारले केही सीमित फाइलमाथि मात्रै अनुसन्धान गरेर यसरी मुद्दा दायर गरेको थियो ।

    आयोगका तीन पदाधिकारीले राज्यकोषमा जम्मा हुनुपर्ने ३० अर्ब ५२ करोड रुपैयाँ करको हिसाबकिताब गरी ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै कर असुल्ने निर्णय गरेका थिए । उक्त निर्णयबाट राज्यकोषमा २० अर्ब ९८ करोड रुपैयाँ सोझै नोक्सान पुगेको ठहर महालेखाले गरेको थियो । शर्माका बिरुद्ध कर फस्र्योटमा भ्रष्टाचार गरेको र अकूत सम्पत्ति आर्जन गरेका तीन वटा मुद्दा अख्तियारले दायर गरेको छ ।

    घुस लिंदै भ्याटसमेत मिनाहा गरी राज्यकोषमा २१ अर्ब नोक्सानी पुर्याउने शर्मालाई सफाइ दिनेगरी क्षेत्रीले सेटिङ गरिसकेको स्रोतले बताएको छ । राष्ट्रिय गौरबको सिक्टा सिंचाई आयोजनामा भएको नांगो भ्रष्टाचारमा समेत ठेकेदार विक्रम पाण्डे र परामर्शदाता कम्पनी इआरएमसीका उद्धवराज चौलागाईले सफाइ पाइसकेका छन् ।

    यसरी ठूला भ्रष्टाचारमा अख्तियारले दायर गरेका मुद्दामा सबै डिल गर्ने काम रजिष्टार क्षेत्रीले गर्दै धमाधम सफाइ दिन थालिएको छ । न्यायाधीशको टीम राम्रो भए पनि रजिष्टारको सेटिङ यस्तो छ कि फाँटवालादेखि  न्यायाधीशसम्म उनीसँग डराउने माहौल रहेको छ । सेटिङ गर्न नसक्ने र नचाहनेहरुको मुद्दा प्रक्रिया अगाडि बढेर फैसलाको पर्खाईमा भए पनि रजिष्टार क्षेत्रीले पुनः सुन्यमा पुर्याएर दुःख दिने गरेको आरोप छ ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार