Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यसरी समातिए चिनियाँ नागरिक अपहरण गर्ने ६ अपहरणकारी


    बिहिबार, साउन १९ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं। दुई प्रहरीको संलग्नतामा एक चिनियाँ नागरिकलाई अपहरण गरेर एक करोड असुल्न खोज्ने गिरोह पक्राउ परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको टोलीले दुई प्रहरीसहित ६ अपहरणकारीलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरुमा एक न्यायाधिशको पर्सनल सेक्युरेटी अफिसर (पिएसओ) हवल्दार गोरखाको आरुघाट गाउँपालिका–७ घर भइ काठमाडौं रानिबारी बस्दै आएका २७ वर्षीय कर्णबहादुर गुरुङ, प्रहरी वृत्त बालाजुमा कार्यरत रहेका घुमुवा प्रहरी बर्दियाको राजापुर नगरपालिका–१० घर भएका २८ वर्षीय शिव सुनार हुन्। 

    त्यसैगरी अन्य चार जनामा गोरखाको सिरानचोक–५ घर भइ काठमाडौं धापासी बस्दै आएका २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाहीको लालबन्दी नगरपालिका–११ घर भइ काठमाडौं मित्रनगर बस्ने २८ वर्षीय रोहित भनिने पूर्णबहादुर पुलामी मगर, प्यूठानको प्यूठान नगरपालिका–८ घर भइ मित्रनगर नै बस्ने २८ वर्षीय विशाल मगर, नुवाकोटको शिवपुर गाउँपालिका–६ घर भइ काठमाडौं बानियाँटार बस्ने २७ वर्षीय बिनोद केसी छन्।

    उनीहरुले बुधबार साँझ ६ बजेको समयमा काठमाडौंको कपुरधाराबाट चिनियाँ नागरिकको दोभाषेको रुपमा काम गर्ने एक जना नेपालीलाई नियन्त्रणमा लिएका थिए।

    कपुरधारामा हिँडिरहेको बेलामा अपहरणकारीको समूहले दोभाषेको रुपमा काम गर्दै आएका ओखलढुंगा घर भइ बनस्थली बस्दै आएका २६ वर्षीय सूर्यबहादुर राईलाई नियन्त्रणमा लिएको वृत्त दरबारमार्गका एक अधिकारीले जानकारी दिए।

    चिनियाँ नागरिकको कोठाबाट नगद र मोबाइल लुटेर लगिएको भन्ने सूचना प्रहरीकोमा आएपछि प्रहरी परिचाल भएको थियो। चिनियाँलाई अपहरण गरेर लगेको समूले अपहरणमा परेका चिनियाँ नागरिका साथीलाई फोन गर्दै एक करोड रुपैयाँ फिरौती मागसमेत गरेका थिए।

    फोन गर्दै ती व्यक्तिले एक करोड रुपैयाँ नदिए जे पनि हुनसक्ने भन्दै धम्की दिएका थिए। त्यसपछि ५० लाख रुपैयाँ दिने विषयमा अपहरणकारीसँग सहमति भएको थियो। ५० लाख रुपैयाँ लिनका लागि भनेर उनीहरुलाई गोंगबुस्थित बिजी मल अगाडिको लोकेशन दिइएको थियो।

    सोही लोकेशन अनुसार अपहरकारीको समूहले रकम लिन भन्दै बिजी मल अगाडि पुगेको बेला अपहरणमा परेका चिनियाँ नागरिकसँगै गएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार