Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारद्धारा डा.काफ्ले र बिष्ट सचिवमा बढुवा


    बिहिबार, साउन १९ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले प्रशासन र लेखापरीक्षणतर्फ गरेर २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ सहसचिव डा.दीपक काफ्ले र लेखापरीक्षणतर्फ सहसचिव बिन्दु बिष्टलाई सचिवमा बढुवा गरेको हो ।

    लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त २ सचिवमा बढुवाका लागि ४ जना सहसचिवको नाम सिफारिस गरेको थियो ।

    समितिले प्रशासनतर्फ रिक्त एक सचिवमा बढुवाका लागि ३ जना सहसचिवको नाम र लेखापरीक्षणतर्फ रिक्त एक सचिव बढुवाका लागि एक जनाको मात्रै नाम सिफारिस गरेको थियो ।

    प्रशासनतर्फ सचिव बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा पहिलो नम्बरमा काफ्ले, दोस्रो नम्बरमा नारायण शर्मा र तेस्रो नम्बरमा दिनेश घिमिरे सिफारिस भएका थिए । लेखापरीक्षणतर्फ सचिव बढुवाका लागि ज्येष्ठताका आधारमा विष्टको मात्रै नाम सिफारिस भएको थियो ।

    मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ पहिलो नम्बरमा सिफारिस भएका काफ्लेलाई नै सचिवमा बढुवा गरेको छ । लेखापरीक्षणतर्फ ज्येष्ठताका आधारमा एकल सिफारिस भएका बिष्टलाई बढुवा गरेको हो ।

    काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । विष्ट महालेखापरीक्षकको कार्यालयमा नायब महालेखापरीक्षकको जिम्मेवारीमा छिन् । उनी कार्यालयकी प्रवक्ता समेत हुन् ।

    प्रशासनतर्फ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने साउन १२ गतेदेखि अनिवार्य अवकाशमा गएपछि एक सचिव रिक्त भएको थियो । लेखापरीक्षणतर्फ महालेखा परीक्षकको कार्यालयमा कार्यरत उप–महालेखापरीक्षक रामुप्रसाद डोटेल पनि साउन १२ गते नै अनिवार्य अवकाशमा गएपछि एक पद रिक्त भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार