काठमाडौं । सहकारी विभागले गौतमश्री बहुउद्देशीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी संस्थाका रुपमा घोषणा गर्न सिफारिस गरेको छ । १९ साउन बिहिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गर्दै गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रत घोषणा गर्न सिफारिस गरेको हो ।
सहकारीले सदस्यको हित विपरीतका कार्य गरेको, निर्धारित शर्त बमोजिम बचत फिर्ता नगरेको, सहकारी मूल्य मान्यता एवम् सहकारी ऐन, नियम र निर्देशनको पालना नगरेपछि समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको विभागका सूचना अधिकारी टोलराज उपाध्यायले बताए ।
‘सहकारी ऐन, २०७४ को दफा १०४ (१) को देहाय खण्ड (क), (ख), (ग), (घ), तथा (च) समेतको अवस्थाको विरुद्धमा रहेको देखिएको हुँदा विभागवाट उक्त गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सहकारी ऐन, २०७४ को दफा १०४ को (१) बमोजिम गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी संस्थाका रुपमा घोषणा गर्न सिफारिस गरेका उनले बताए ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई १७ साउनमा संस्थाका अध्यक्ष रामबहादुर गौतमसहित सञ्चालक तथा व्यवस्थापक कर्मचारीहरुलाई सोधपुछ गर्न विभागमा उपस्थित गराइदिन लिखित रुपमा अनुरोध गरेको विभागले बिहीबार जारी गरेकेा विज्ञप्तिमा उल्लेख छ ।
सहकारीको सञ्चालक तथा व्यवस्थापकको चल अचल सम्पत्ती तथा बैंक खाता रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार गर्दा समेत सहकारीको कुनै प्रतिनीधि विभागमा उपस्थित नभएपछि विभागले कानुनी प्रत्रlmया अनुसार मन्त्रालयमा समस्याग्रत घोषणा गर्न सिफारिस गरेको उनले बताए ।
अब मन्त्रालयले सहकारीलाई समस्याग्रत घोषणा गरेपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको भुक्तानी राफसाफ गर्ने प्रक्रिया अगाडी बढाउने उनले बताए ।