काठमाडौं । मन्त्रिपरिषदको आजको बैठक नियमित नै हो । तर आजको बैठकलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो १ बजे बोलाएको मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा गर्ने संभावना छ ।
बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा मंसिर ४ मा चुनाव गर्ने सहमति भएको थियो । त्यही सहमति अनुसार आजको मन्त्रिपरिषद बैठकले निर्वाचनको निर्णय गर्दैछ ।
आजको मन्त्रिपरिषद बैठकले केही सचिवहरुको हेरफेर गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उपराष्ट्रपति कार्यालयको सचिव पद रिक्त छ । अर्थमन्त्रालयका सचिव मधुप्रसाद मरासिनी र मन्त्री जनार्दन शर्माबीचको मनमुटावका कारण उनलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिने भएको छ ।
राष्ट्रपति कार्यालयका कृष्णबहादुर राउतलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा उद्योगमा सरुवा गरिने संभावना छ । अर्थमन्त्रालयको सचिवमा उद्योग सचिव अर्जुनप्रसाद पोखरेल, राष्ट्रिय योजना आयोगका केवलप्रसाद भण्डारी र संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुन्ठ अर्यालको नाम चर्चामा छ । पर्यटनमा संघीय मामिला मन्त्रालयका सुरेश अधिकारी सरुवा हुने पक्कापक्की भए पनि उद्योग, संचार, अर्थको लागि भने सचिवहरुको दौडधूप जारी छ । प्रदेशका सचिवहरु बागमतीका मुकुन्द निरौला संचारमा आउने चर्चा छ । लुम्बिनीका डिल्लीराम शर्मा र सुदूरपश्चिमका रामेश्वर दंगाल पनि सरुवाको दौडमा छन् ।
प्रदेश नम्बर १ का प्रमुख सचिव विनोदप्रकाश सिंह त गृहमन्त्रालयमै सरुवा हुने दाउमा लागेका छन् । प्रधानमन्त्री देउवाको भेगकै भएकाले उनी गृहसचिव हुने खेलमा लागेका छन् । गृहसचिवका लागि कृष्णहरि पुस्कर समेत लागेका छन् । उनी सचिव बढुवा हुनासाथ गृहमा पदस्थापन हुन्छु भने पनि राजस्व सचिवमा भएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend