काठमाडौं । प्रतिनिधि सभा बैठक पाँच दिनको लागि सरेको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेको आग्रहमा पाँच दिन सारिएको हो। अब अर्को बैठक साउन २२ गते बस्ने छ।
‘प्रतिनिधि सभाको अर्को बैठक २०७९ साउन २२ गते आइतबार विहान ११ बजे बस्ने छ’ संसद सचिवालय स्रोतले भन्यो, ‘प्रमुख विपक्षी दलको आग्रहमा संसद बैठक ५ दिन पर सर्यो।’
मंगलबार एमालेकी सचेतक शान्ता चौधरीले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेकी थिइन्। उनले आफू प्रमुख सचेतक विशाल भट्टराई र अरु सांसदहरु केही दिन उपस्थित हुन नसक्ने भन्दै बैठक सार्न आग्रह गरेकी थिइन्।
चौधरीले नै दिएको समय (साउन २२) भित्र बैठक बोलाइएको संसद सचिवालय स्रोतले जनाएको छ।
‘एमाले सचेतक शान्ता चौधरीले सभामुख अग्निप्रसाद सापकोटालाई भेट गर्नु भएको हो’, स्रोतले भन्यो, ‘उहाँले मुख्य सचेतक र आफू पनि बाहिर हुने बताउँदै बैठक सार्न अनुरोध गर्नु भएको थियो। त्यही अनुसार बैठक २२ गतेलाई डाकिएको हो।’
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend