Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको आग्रहमा संसद बैठक पाँच दिन सर्यो


    मंगलबार, साउन १७ २०७९
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा बैठक पाँच दिनको लागि सरेको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेको आग्रहमा पाँच दिन सारिएको हो। अब अर्को बैठक साउन २२ गते बस्ने छ।

    ‘प्रतिनिधि सभाको अर्को बैठक २०७९ साउन २२ गते आइतबार विहान ११ बजे बस्ने छ’ संसद सचिवालय स्रोतले भन्यो, ‘प्रमुख विपक्षी दलको आग्रहमा संसद बैठक ५ दिन पर सर्यो।’

    मंगलबार एमालेकी सचेतक शान्ता चौधरीले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेकी थिइन्। उनले आफू प्रमुख सचेतक विशाल भट्टराई र अरु सांसदहरु केही दिन उपस्थित हुन नसक्ने भन्दै बैठक सार्न आग्रह गरेकी थिइन्। 

    चौधरीले नै दिएको समय (साउन २२) भित्र बैठक बोलाइएको संसद सचिवालय स्रोतले जनाएको छ। 

    ‘एमाले सचेतक शान्ता चौधरीले सभामुख अग्निप्रसाद सापकोटालाई भेट गर्नु भएको हो’, स्रोतले भन्यो, ‘उहाँले मुख्य सचेतक र आफू पनि बाहिर हुने बताउँदै बैठक सार्न अनुरोध गर्नु भएको थियो। त्यही अनुसार बैठक २२ गतेलाई डाकिएको हो।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार