Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन् कोरोनाको निःशुल्क उपचार हुने १७ अस्पताल


    सोमबार, साउन १६ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमितहरूको उपचारका लागि  १७ वटा अस्पताललाई जिम्मा दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबार कोभिड १९ संक्रमणको मध्यम अवस्था र गम्भीर अवस्था भएका बिरामीहरूको उपचारका लागि सबै प्रदेशमा अस्पताल तोकेको हो ।
     स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार गर्न सकिने अस्पतालहरूको सूची सार्वजनिक गरेको छ।
    प्रदेश नम्बर १ मा दुइटा अस्पतालहरूमा कोभिडका बिरामीको निःशुल्क उपचार गर्न सकिन्छ। जसमा विराटनगरको कोसी अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्।

    यस्तै, मधेस प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल र नारायणी अस्पताल, वीरगञ्जमा निःशुल्क उपचार गर्न सकिन्छ। बागमती प्रदेशमा भने पाँच वटा अस्पतालहरू निःशुल्क उपचार गर्नका लागि तोकिएका छन्।

    जसमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, चितवनको भरतपुर अस्पताल, वीर अस्पताल, टिचिङ अस्पताल र पाटन अस्पताल छन्।

    यसैगरी, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पतालमा निःशुल्क उपचार गर्न सकिन्छ। लुम्बिनी प्रदेशमा पनि दुइटा अस्पताल तोकिएका छन्। जसमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगञ्जस्थित भेरी अस्पताल रहेका छन्।

    कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि दुई९दुई वटा अस्पताल तोकिएका छन्। जसमा कर्णालीमा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीरेन्द्रनगरस्थित सुर्खेत प्रादेशिक अस्पताल रहेका छन्। यसैगरी, सुदूरपश्चिममा डडेलधुरा अस्पताल र कैलालीस्थित सेती प्रादेशिक अस्पताल छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार