Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गौतम श्री सहकारीका सात ठाउँका सम्पत्ति रोक्का


    सोमबार, साउन १६ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सहकारी विभागले कुलेश्वरमा रहेको गौतम श्री सहकारीका सात स्थानका जग्गा जमिन र सम्पत्ति रोक्का गरेको छ । विभागले उक्त सम्पत्ति बिक्रीबितरण गर्न नपाउनेगरी प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागलाई अनुरोध गरेको छ ।

    विभागले गौतम श्रीको कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको भवन तथा जग्गा, टेकुमा रहेको सेवा केन्द्र, पोखरामा रहेको सेवा केन्द्र, नारायणघाटमा रहको सेवा केन्द्र खोल्न, चलाउन तथा सरसामान बिक्री गर्न नपाउने गरीसुरक्षा प्रदान गर्न प्रहरीलाई अनुरोध गरेको छ । 

    गौतमश्रीको कुलेश्वरमा सुपरमार्केट, हेटौंडामा गोदाम र काभ्रेको पातलेखेतमा गाईफार्म समेत रहेको उल्लेख छ । 

    गौतमश्रीका १५ संचालकको बंैकखाता समेत रोक्का राखेको छ । सहकारीका कर्मचारी रविन बिष्टसहितका सबैको खाता समेत विभागले रोक्का राखेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार