काठमाडौं । नेपाली यू–२० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो फाइदाको लागि फुटबल डुबाउन नसक्ने बताएका छन्। नेपाली यू–२० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक केसीले साफ यू–२० च्याम्पियनसिप २०२२ को फाइनल प्रवेश गर्न नसकेमा आफूले प्रशिक्षकको पद छोड्ने बताएका छन् ।
केसीले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘टिमलाई समर्थन गर्नु भएकोमा सबैलाई धन्यवाद। खेलाडीहरुमा अनुभवको कमी छ तर ट्यालेन्ट पनि त्यत्तिकै छ।,’ ‘सबैलाई खुशी दिन नसकेकोमा दुःखी छौं। खेलाडी र एन्फालाई दोष नलगाउनुस्, यो मेरो गल्ती हो।’
उनले आफूहरुलाई ‘रिकभर’ हुन दुई दिन लाग्ने पनि उल्लेख गरेका छन्। आफू टिममै रहेर आफ्नो फाइदाको लागि फुटबल डुबाउन नसक्ने पनि उनले बताएका छन्।