काठमाडौं । पुन: नियुक्तपछि अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि लागिपर्ने प्रतिवद्धता जनाएका छन् ।
हिजो (आइतबार) पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि उनले गत वर्षको बजेटको समीक्षा गरेर चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा गर्ने बताएका हुन् । आफूले ल्याएको बजेट कार्यान्वयन गर्ने अवसर पाएकोमा गठबन्धनका नेताहरूलाई धन्यवाद पनि दिए ।
“चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न अवसर दिनुभएकोमा प्रधानमन्त्री, मेरा अध्यक्ष प्रचण्ड र गठबन्धन दलका नेताहरूलाई धन्यवाद दिन चाहान्छु,” उनले भने, “मेरो गत वर्षका बजेटमा हाम्रो कहाँ कहाँ कमजोरी भयो त्यसलाई समीक्षा गरेर हामी यो वर्षको बजेट कार्यान्वयनमा जुट्नेछौँ ।”
मन्त्रालयमा शर्मालाई स्वागत गर्दै राजश्व सचिव कृष्णहरि पुष्करले जसको नेतृत्वमा बजेट निर्माण भएको उसकैको नेतृत्वमा कार्यान्वयन गर्न पाउनु खुसीको विषय भएको बताए ।
संसदीय विशेष छानविन समिति गठन भएपछि शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए।करका दर हेरफेर गरेको आरोपमा राजीनामा दिएका जनार्दन शर्मालाई संसदीय छानविन समितिले क्लिन चिट दिएसँगै उनी अर्थमन्त्रीको रुपमा फर्किएका हुन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend