Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा स्कुटर र मोटरसाईकल एकआपसमा ठोकियो, एकको मृत्यु


    आइतबार, साउन १५ २०७९
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंको टोखा नगरपालिका–३ ग्राण्डी पछाडिको सडकमा आज  भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

    बागमती प्रदेश ०२ ०२९ प १०९८ नम्बरको स्कुटर र बा ९६ प २४४५ नम्बरको मोटरसाइकल आज बिहान ११ बजे ठोक्किएका थिए । दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा गम्भिर घाइते भएकी स्कुटर चालक काठमाण्डौको तारकेश्वर नगरपालिका–९ बस्ने १९ वर्षिया रोजिना महर्जनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । 

    घाइते भएका मोटरसाइकल चालक टोखा नगरपालिका ३ का २८ वर्षिय समिर श्रेष्ठको सोही अस्पतालमै उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार