Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंको गौतमश्री सहकारीका सञ्चालक फरार


    आइतबार, साउन १५ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बचतकर्ताहरुको रकम लिएर गौतमश्री सहकारी संस्थाका संञ्चालक फरार भएका छन् ।

    काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको सहकारीले झण्डै २५ सय सदस्यहरुको बचत रकम फिर्ता नगरी फरार भएको उजुरी सहकारी विभागमा परेको हो ।

    लामो समयदेखि बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न नसकेर समस्यामा परेको सहकारीले गत शुक्रबार मुख्य कार्यालयमा नै ताल्चा लगाएर भागेपछि सदस्यहरु आन्दोलित भएका छन् ।

    फरार सहकारीलाई खोजेर बचत रकम फिर्ता गराइदिन भन्दै गौतमश्री सहकारीका करिब १५ सय बचतकर्ताहरु आइतबार विभागमा उजुरी दिन पुगेका छन् । शुक्रबार मुख्य कार्यालय नै बन्द गरेर फरार भएपछि कुलेश्वरस्थित गौतमश्री सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेर सिल गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार