Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मापसे गरी स्कुल बस चलाउने पाँच चालक कारबाहीमा


    आइतबार, साउन १५ २०७९
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मापसे गरी स्कुल बस चलाएका पाँच सवारीचालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आइतबार बिहान उपत्यकाका विभिन्न ठाउँमा सवारीसाधनको चेकजाँचमा १६ वटा विद्यालयका बस कारबाहीमा परेका हुन् । जसमध्ये पाँच सवारी चालकले मापसे गरेको ट्राफिक प्रहरीले फेला पारेको हो ।

    गत ८ गतेबाट स्कुल बस निर्देशिका लागू भएको हो । निर्देशिका लागू भएपछि विद्यालयका सवारी चालकलाई कारबाही तथा सचेत गराएको हो । आगामी दिनमा स्कुल बस निर्देशिका विपरीत सञ्चालित सवारीचालक कारबाही गरिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार