Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्‍वबाट आणविक हतियारको होडबाजी रोकिनुपर्छ : राष्ट्रपति भण्डारी


    शनिबार, साउन १४ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  विश्‍वभरिबाट  आणविक हतियारको होडबाजी रोकिनुपर्ने बताएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले सबै प्रकारका युद्धको विरोध गर्ने बताएकी छन् ।

    राष्ट्रपति  भण्डारीले नेपाल अन्तर्राष्ट्रिय कानुन समाज तथा एसियाली अन्तर्राष्ट्रिय कानुन समाजद्वारा शनिबार ललितपुरको जावलाखेलमा आयोजित ‘अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलन’को उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।
    विश्वभर आणविक हतियारको होडबाजी रोकिनुपर्ने आफूहरूको विश्वास रहेको उनको भनाइ छ । राष्ट्रपति भण्डारीले नेपालले करिब सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएको बताएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार