Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना


    शनिबार, साउन १४ २०७९
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास रहेको मौसमविद्ले जनाएका छन् । पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    जसको प्रभावले बिहान काठमाडौं उपत्यकासहित प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राती भने प्रदेश १ र मधेश प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार