Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सामुदायिक वनबाट चितामा जलाइएको अवस्थामा एक किशोरीको शव बरामाद


    शुक्रबार, साउन १३ २०७९
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले पर्साको एक सामुदायिक वनबाट चितामा जलाइएको अवस्थामा एक किशोरीको शव नियन्त्रणमा लिएको छ।

    प्रहरीले पर्साको ठाेरी गाउँपालिका क्षेत्रमा रहेको सामुदायिक वनबाट जलाइएको अवस्थामा किशोरीको शव नियन्त्रणमा लिएको हो।

    शव जिरा भवानी गाउँपालिका-१ निवासी १७ वर्षीया किशोरी सीमा कुमारीको रहेको बुझिएको छ ।

    बुधबार राति नै किशोरीको शव जलाइएको थाहा पाएपछि वनमा पुगेको प्रहरीले जल्न बाँकी रहेको शवको घुँडा, हाड र मासु नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए।

    किशोरीको मृत्यु शंकास्पद भएकोले सोधपुछको लागि उनकी आमालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनले बताए।

    मृतककी आमाले छोरीको झुन्डिएर मृत्यु भएको भनी बयान दिएको कार्कीले बताए। सीमाका बुबा फरार छन्।

    स्थानीयले सीमाको मृत्युको कारण प्रेम सम्बन्ध रहेको दाबी गरेका छन्। स्थानीय एकजना केटासँग सीमाको प्रेम सम्बन्ध रहेको र सोही कारणले उनको मृत्यु भएको हुनसक्ने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार