Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • साढे एक केजी सुनसहित भारतका यूसुफ पक्राउ


    बिहिबार, साउन १२ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे एक केजी बढी सुनसहित एकजना पक्राउ परेका छन् । 

    बुधबार दुबईबाट काठमाडौं आएका भारतीय नागरिक यूसुफ हारुनलाई प्रहरीले एक किलो ६१० ग्राम सुनसहित प्रक्राउ गरेको हो । 

    नलाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

    प्रहरीकाअनुसार उनले सुन भित्री वस्‍त्रमा सेतो रङको प्लास्टिकभित्र लुकाएर राखेका थिए । 

    अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएकाले आवश्‍यक अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको विभानस्थल प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार