काठमाडौं । बञ्चरेडाँडासम्मको बाटो निर्माण सकिएपछि आजबाट काठमाडौं उपत्यकाको फोहोर उठ्ने भएको छ । सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मत सकिएपछि फोहोर उठ्ने भएको हो ।
अब एक हप्तादेखि रोकिएको फोहोर विसर्जन हुने भएको छ । एक हप्तादेखि उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनको कार्य रोकिएको थियो ।