काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा संगठनले युवाहरु देशव्यापी रुपमा राष्ट्रवादी विचारमा आकर्षित भएको निष्कर्ष निकालेको छ ।।वैकल्पिक शक्तिको रुपमा राप्रपाको अहिले दशव्यापी चर्चा छ, आकर्षण छ । अबको देश बनाउने शक्ति राप्रपा नै हो भन्ने युवाहरुमा विश्वास बढेको छ ।
जनताको यही चाहनालाई मध्यनजर गर्दै युवाहरु पार्टीको मेरुदण्डको रुपमा खडा हुनेछौं, चुनावमा दिलोज्यानदिएर लागी पर्ने छौं,’ राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन (राप्रयुसं) का अध्यक्ष राजु लोहनीले वुधबार संगठनको विस्तारीत वैठकलाई सम्बोधन गर्दै भने ।राप्रयुसंका अध्यक्ष लोहनीले आगामी चुनावमार्फत राप्रपालाई अग्रणी शक्ति बनाउन ७७ जिल्लामै युवाहरु अहोरात्र खट्ने बताए । विधि र विधानलाई सर्वोपरी राख्दै मातृसंस्था राप्रपालाई प्रजातान्त्रिक तवरले अघि बढ्न सहयोग गर्ने, खबरदारी गर्ने बताए । राप्रयुसंका उपाध्यक्ष गुणराज राजभण्डारीले बताए अनुसार, संगठनले भदौ मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
निर्धारीत कार्यतालिकाबमोजिम युवा संगठनले भदौ २९, ३० र ३१ गते राष्ट्रिय महाधिवेशनसम्पन्न गर्नेछ ।त्यसैगरी युवा संगठनले साउन १५ गतेदेखि २५ गतेसम्म वडा, गाउँपालिका, नगरपालिका तह र साउन २६ गतेदेखि भदौ २ गतेसम्म प्रदेशसभा समितिको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
भदौ ३ गतेदेखि १० गतेसम्म क्षेत्रीय समितिको निर्वाचन, भदौ ११ गतेदेखि १६ गतेसम्म जिल्ला कार्य समितिको निर्वाचन, भदौ १७ गतेदेखि २२ गतेसम्म प्रदेश समिति गठन गर्ने,भदौ २३ र २४ गते केन्द्रीय प्रतिनिधिहरुको निर्वाचन गर्ने तय गरेको छ । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित विस्तारित वैठकले महाधिवेशनको कार्यक्रमहरु अनुमोदन गरेको छ ।संगठनले २२५ सदस्यसहित केन्द्रीय समितिले विस्तार गरेको छ ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend