सांकेतिक तस्विर
काठमाडौं । पहिरोले घर पुरिंदा अछाममा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ ।
अछामको तुर्माखाँद गाउँपालिका २ भुलुमा गएराति १ बजेतिर आएको पहिरोले स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनको परिवारका जना ३ सदस्यहरुको मृत्यु भएका वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् ।
मृतकहरुको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।पहिरोमा पुरिएर एक जना घाइते भएका छन् । उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।