Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १५० जना काम गर्ने कल सेन्टरमा प्रहरीको छापा, ३ सय कम्प्युटर बरामद


    आइतबार, साउन ८ २०७९
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित जानकीनगरमा सञ्चालित कल सेन्टरमा छापा प्रहरीले मारेको छ । एक भारतीय र दुई नेपालीले घर भाडामा लिएर सञ्चालन गर्दै आएको कल सेन्टरमा प्रहरीले छापा मारेको हो । 

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट अवैध धन्दा गर्ने गरेको पाइएको बताए ।  

    उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको छ ।

    कल सेन्टरमा १५० जना काम गर्ने युवायुवती रहेको उनले बताए । प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार