काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले स्थानीय निकाय निर्वाचनमा गठबन्धनका दलहरुले ईमान्दारिता नदेखाएको आरोप लगाएका छन् ।
अरुको भर पर्दा आफ्नो पार्टी कमजोर भएको बताउंदै अध्यक्ष नेपालले गठबन्धनको भरोसा नभएको बयान दिएका छन् ।
पार्टीबाट निर्वाचितका जनप्रतिनिधिका लागि आज काठमाडौंमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको भरमा चुनाव लड्नु भरोसामय नभएको बताए ।
उनले पहिलो पटक नेकपा (एकीकृत समाजवादी) स्थानीय तहको निर्वाचनमा होमिए पनि उत्साहपूर्ण उपलब्धी प्राप्त नभएको जिकिर गरे । थोरै क्षेत्रमा उम्मेदवार उठाउँदा पनि कम मत प्राप्त भएको उनको ठहर थियो ।
गत स्थानिय निकाय निर्वाचनमा नेकपा (एस)ले ९ लाख २७ हजार भोट पाएको बताउंदै आफुहरुले २५ लाख भोट पाउने अनुमान गरेको अध्यक्ष नेपालले बताए ।
गठबन्धनभित्रका दलहरुले आफुहरुको भोट लिएको तर आफ्ना उम्मेदवारहरुलाई भोट नदिएरको नेपालले आरोप समेत लगाएका छन् ।
‘गठबन्धनको धेरै भरोसा छैन । गठबन्धनको भर परेपछि अरुको सहारामा बाँच्नुपर्दो रहेछ’, अध्यक्ष नेपालले भने– ‘अब आफ्नै शक्तिमा भरोसा गर्नेर आफ्नै तागतमा जित्छु भन्ने अठोटका सांथ हिड्नुपर्ने हुन्छ ।’
अध्यक्ष नेपालले आफ्नै तयारी गरेको भए स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले धेरै ठाउंहरुमा जित्न सक्ने दावी समेत गरे ।
‘कतिपयले धोका दिए, सहमति कायम भएन’, उनले भने– ‘पार्टीभित्रै पनि अन्तर्घात भयो, कतिपयको ध्यान हाम्रो साइज घटाउने कुरामा गयो ।’
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend