काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले स्थानीय निकाय निर्वाचनमा गठबन्धनका दलहरुले ईमान्दारिता नदेखाएको आरोप लगाएका छन् ।
अरुको भर पर्दा आफ्नो पार्टी कमजोर भएको बताउंदै अध्यक्ष नेपालले गठबन्धनको भरोसा नभएको बयान दिएका छन् ।
पार्टीबाट निर्वाचितका जनप्रतिनिधिका लागि आज काठमाडौंमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको भरमा चुनाव लड्नु भरोसामय नभएको बताए ।
उनले पहिलो पटक नेकपा (एकीकृत समाजवादी) स्थानीय तहको निर्वाचनमा होमिए पनि उत्साहपूर्ण उपलब्धी प्राप्त नभएको जिकिर गरे । थोरै क्षेत्रमा उम्मेदवार उठाउँदा पनि कम मत प्राप्त भएको उनको ठहर थियो ।
गत स्थानिय निकाय निर्वाचनमा नेकपा (एस)ले ९ लाख २७ हजार भोट पाएको बताउंदै आफुहरुले २५ लाख भोट पाउने अनुमान गरेको अध्यक्ष नेपालले बताए ।
गठबन्धनभित्रका दलहरुले आफुहरुको भोट लिएको तर आफ्ना उम्मेदवारहरुलाई भोट नदिएरको नेपालले आरोप समेत लगाएका छन् ।
‘गठबन्धनको धेरै भरोसा छैन । गठबन्धनको भर परेपछि अरुको सहारामा बाँच्नुपर्दो रहेछ’, अध्यक्ष नेपालले भने– ‘अब आफ्नै शक्तिमा भरोसा गर्नेर आफ्नै तागतमा जित्छु भन्ने अठोटका सांथ हिड्नुपर्ने हुन्छ ।’
अध्यक्ष नेपालले आफ्नै तयारी गरेको भए स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले धेरै ठाउंहरुमा जित्न सक्ने दावी समेत गरे ।
‘कतिपयले धोका दिए, सहमति कायम भएन’, उनले भने– ‘पार्टीभित्रै पनि अन्तर्घात भयो, कतिपयको ध्यान हाम्रो साइज घटाउने कुरामा गयो ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend