भैरहवा। विकासमा बामे सर्दै गरेको रुपन्देहीमा आर्थिक वर्ष २०७८/०७९ मा झण्डै ५ अर्ब बजेट फ्रिज भएको छ । समयमै काम गर्न नसक्दा जिल्लामा अख्तियारी पाएको मध्येबाट ४ अर्ब ९७ करोड ५० लाख ७१ हजार रुपैयाँ खर्च नभएर फ्रिज भएको हो ।
चालुतर्फ उल्लेख्य खर्च गरेको कार्यालयहरूले पुँजिगततर्फ भने आधा रकम पनि खर्च गरेका छैनन् । पूर्वाधारको आवश्यकता पुरा गर्न गरिने पुँजिगत खर्च मध्ये झण्डै २१ प्रतिशत खर्च असार महिनामा भएको छ । असारे विकास अझै पनि हटेको छैन भन्ने सन्देश यो तथ्यांङले देखाएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले दिएको जानकारी अनुसार रुपन्देही जिल्लामा कुल ४३ अर्ब ३६ करोड ४२ लाख विनियोजित बजेट मध्ये ३५ अर्ब ६८ करोड ६६ लाख ८१ हजार ४ सय १४ रुपैयाँ अर्थात् ८२ दशमलव २९ प्रतिशत मात्र खर्च भएको कोलेनिका कार्यालय रुपन्देहीका प्रमुख कोष नियन्त्रक विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।
कुल बजेटमध्ये चालुतर्फ ३४ अर्ब १२ करोड ५८ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएकोमा ९२ दशमलव ०८ प्रतिशत अर्थात् ३१ अर्ब ४२ करोड ३४ लाख ७ हजार खर्च भएको छ । यसै गरी पुँजीगततर्फ अख्तियारी आएको ९ अर्ब २३ करोड ८३ लाख ४५ हजार बजेट मध्ये ४६ दशमलव १५ प्रतिशत अर्थात् ४ अर्ब २६ करोड ३२ लाख ४३ लाख मात्रै खर्च भएको छ ।
चालु बजेटको एक चौथाइ आएको पुँजिगततर्फको बजेट आधाभन्दा बढी बजेट कर्मचारीहरूले काम नगरिदिँदा फर्केको छ । पुँजिगत खर्चतर्फ १ अर्ब ९० करोड ४६ लाख रकम त असार महिनामा मात्रै खर्च भएको छ । विकास निर्माण र पूर्वाधारमा देखिने यो खर्च नहुनु भनेकै विकास निर्माणको काम कछुवा गतिमा हुनु हो ।
असार महिनाविकासे महिनाको रूपमा परिचित छ । असार महिना सुरु भए लगतै विकास निर्माणको काम धमाधमहुने गरेको छ भने कमसल र गुणस्तरीय छैन भन्दै आलोचना पनि हुन्छ । विगतकावर्षहरू जस्तै यस वर्ष पनि रुपन्देहीमा यो परिपाटी नरोकिएको यो तथ्यांङले देखाउँछ ।
पुँजीगत तर्फ २ करोड ४२ लाख ५१ हजार रुपैयाँ बजेट छुट्ट्याइएको भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनाले वर्ष भरिमा ३० हजार ९ सय रुपैयाँ मात्र खर्च गर्न सकेको छ । यस्तै सडक डिभिजन बुटवलले पुँजीगत तर्फ ३ अर्ब ७७ करोड ६८ लाख ७१ हजार अख्तियारी पाएकोमा ९९ करोड ३८ लाख २४ हजार रुपैयाँ मात्र खर्च गर्न सक्यो जसमध्ये ४५ करोड ५४ लाख त असारमा मात्रै खर्चेको छ ।
बेलहिया बुटवल व्यापारिक मार्गले ३१ करोड मध्ये १३ करोड ७८ लाख, संघीय आयोजना कार्यान्वयन इकाई सिद्धार्थनगरले १ अर्ब ४६ करोड अख्तियारी पाएकोमा ७७ करोड ९२ लाख खर्चेको छ जसमध्ये ३१ करोड असारमा मात्रै छ ।
आर्थिक कोरिडोर कार्यालय बुटवलले १४ करोड १९ लाख ५५ हजार मध्ये १ करोड ६४ लाख, जनताको तटबन्ध कार्यक्रमका लागि आएको ६४ करोड ६५ लाख मध्ये २९ करोड ८६ लाख, भूमिगत जल सिचाई भैरहवा लुम्बिनीका लागि विनियोजित २७ करोड ९५ लाख मध्ये हाल सम्म १९ करोड ६८ लाख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले अख्तियारी पाएको ४ करोड ५० लाख ४० हजार बजेट मध्ये १ करोड ६३ लाख खर्च गरेका कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।
पालिका तर्फ मायादेवी गाउँपालिकाका लागि आएको २ करोड, कोटहीमाई गाउँपालिकालागि १ करोड ५० लाख, रोहिणीका लागि १५ लाख, कञ्चन गाउँपालिकाले १ करोड ९५ लाख, देवदह नगरपालिकाका लागि १ करोड ५० लाख खर्च गर्न नसकेर फ्रिज गरेका छन् । भैरहवा स्थित कार्यालयले जिल्लाका संघीय कार्यालय, प्रदेश मन्त्रालय र जिल्लाका स्थानीय तहलाई निकासा दिने गर्छ । रुपन्देहीका १ सय ३४ कार्यालयहरूलाई बजेट निकासा दिने र ९९ वटा कार्यालयबाट राजस्व असुली हुने गर्छ ।
प्रमुख कोष नियन्त्रक ज्ञवालीका अनुसार पुँजिगत तर्फ असार महिना सम्ममा खर्च भएको रकम ४ अर्ब २६ करोड रुपैयाँ मध्ये १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ असार महिनामा मात्र खर्च भएको छ, वर्ष भरि खर्च भएको रकमको ४४ दशमलव ६७ प्रतिशत असार महिनामा मात्रै खर्च भएको हो ।
खर्च गर्नलाई ४३ अर्ब पाएको रुपन्देही जिल्लाले केन्द्रलाई १ खर्व ४३ अर्ब ६४ करोड बढी राजस्व उठाएर पठाएको छ । ज्ञवालीका अनुसार कुल राजस्वको करिब २२ देखी २४ प्रतिशत योगदान रुपन्देहीबाट हुने गर्छ, वर्ष भरि सबैभन्दा बढी राजस्व उठाएको भैरहवा भन्सार कार्यालयले भन्सारले १ खर्ब १५ अर्ब ८८ करोड राजस्व संकलन गरेको छ ।
यसै गरी आन्तरिक राजस्व कार्यालय बुटवलले ११ अर्ब ९० करोड ९ लाख, आन्तरिक राजस्व कार्यालय भैरहवाले ११ अर्ब ६६ करोड ४२ लाख , कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत पनि ३ अर्ब ५४ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend