काठमाडौं । नेपाली कांग्रेसका जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर पार्टी पदाधिकारीहरूले चर्को रूपमा असन्तुष्टि व्यक्त गरेका छन् ।
कांग्रेस सरकारले डेलिभरी दिन नसकेको देखी पार्टी सञ्चालनमा शेखर कोइराला समूहलाई बाइपास गरेर एकलौटी गरेको लगायतको विषयलाई लिएर जारी बैठकमा पदाधिकारीहरूले सभापति देउवासँग चर्को असन्तुष्टि व्यक्त गरेका हुन् ।
बैठकमा उपसभापति धनराज गुरुङले सभापतिले पार्टी एकलौटी चलाउन खोज्दा समस्या भएको बताए । उनले गत महाधिवेशनमा पराजित शेखर कोइराला सम’हलाई बाइपास गरेर अघि बढेको भन्दै सभापति देउवाको चर्को आलोचना गरेका छन् ।
‘शेखर कोइराला समूहलाई पुरै बाइपास गरेर अघि बढ्नु भएको छ, यसरी पार्टी चल्दैन’, उपसभापति गुरुङले भने, ‘त्यसमाथि सरकारले कुनै गतिलो काम गरेको छैन, प्रशासनिक बाहेक सम्झनायोग्य काम नगरेर सरकार कांग्रेसको हो भन्ने देखाउन सक्ने अवस्था छैन ।’
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि सरकारको डेलिभरीको विषयलाई लिएर सभापति देउवाको आलोचना गरेका छन् ।
तत्कालीन केपी शर्मा ओलीको सरकारकै पथमा प्रधानमन्त्रीसमेत रहेको देउवा हिँडेको भन्दै संघीय संसदको निर्वाचनमा मत माग्ने एजेन्डा कांग्रेससँग नभएको टिप्पणी गरेका छन् ।
‘हिजो ओलीजीले जे–जे गलत गर्नुभयो, त्यसको हामीले आलोचना गर्दै आएका थियौ तर अहिले अहिले प्रधानमन्त्रीले त्यही त्यही काम गरेर हिँड्नु भएको छ, जसका कारण अबको निर्वाचनमा कांग्रेसले के भनेर भोट माग्ने ? त्यो सभापतिले देखाई दिनुपर्छ’, महामन्त्री थापाले बैठकमा भने । बहुमतको आधारमा संवैधानिक निकायमा नियुक्ति गर्न सकिने संवैधानिक परिषद् विधेयक ल्याएको विषयलाई जोड्दै सो विधेयक तत्काल फिर्ता गर्नुपर्ने थापाको जोड छ ।
अर्का महामन्त्री शर्माले पनि संवैधानिक परिषद् विधेयक सरकारले फिर्ता गर्नुपर्नेमा जोड गरेका छन् । ‘संवैधानिक परिषद् विधेयक फिर्ता गर्नुपर्छ, सभापतिले त्यो फिर्ता गर्नु भएन भने हामीले टाउको लुकाएर हिँड्नु पर्ने दिन आउँछ,’ महामन्त्री शर्माले भने, ‘सभापतिले हामीलाई टाउको लुकाएर हिँड्नुपर्ने अवस्था बनाइदिनु भएन ।’
उता सहमहामन्त्रीद्वय सह महामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले नेपाल विद्यार्थी संघ र तरुण दलको नियुक्ति प्रक्रियामा शेखर कोइराला पक्षधरलाई बाइपास गरेर अघि बढेको भन्दै आलोचना गरेका थिए ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend