खोटाङ । नेकपा एमाले खोटाङले गठबन्धनले जितेको स्थानीय तहमा राजनैतिक पूर्वाग्रह राखेर उपभोक्ता समितिदेखि कर्मचारीमाथि विभेदपूर्ण व्यवहार भएको भन्दै विरोध जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायतका स्थानीय तहमा एमालेका समर्थक रहेको उपभोक्ता समिति तथा कर्मचारीलाई राजनैतिक पूर्वाग्रह साँधेर ‘टर्चर’ दिइएको भन्दै एमालेले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाल र सचिव कुमार आचार्यले जारी गरेको विज्ञप्तिमा गठबन्धनबाट निर्वाचित स्थानीय सरकारले राजनैतिक आस्थाको आधारमा सम्पन्न भइसकेका योजनाहरुको भुक्तानी दिन आलटाल गर्ने, भुक्तानी रोक्ने, बाधा सिर्जना गर्ने, आफ्नो दल निर्वाचित भएको ठाउँमा र आफ्नो कार्यकर्ताले गरेको काम सम्पन्न नहुँदै अनुगमन नै नगरी तथा लेनदेनका आधारमा भुक्तानी दिने गरिएको भन्दै विरोध जनाइएको छ ।
एमालेले कर्मचारीलाई अदलबदल गर्ने, राजनीतिक आस्थाको आधारमा करारमा कार्यरत कर्मचारीलाई विभेद गर्ने, फरक आस्था भएकाहरुलाई अनावश्यक ुटर्चरु दिने, फरक राजनीतिक आस्था भएका मान्छेरसंयन्त्रलाई निषेध गर्ने जस्ता गैर–राजनैतिक र पूर्वाग्रही ढंगको व्यवहारप्रति घोर निन्दा गरेको छ । ुसबै नागरिकहरुको काम गर्न भनेर निर्वाचित भएको स्थानीय सरकारलाई तुरुन्त यस्ता किसिमका व्यवहार रोक्न र यो किसिमको प्रवृत्तिलाई सुधार्नका निम्ति एमाले कडाईका साथ खबरदारी गर्दछु, विज्ञप्तिमा अगाडि भनिएको छ, ुयो खबरदारीलाई हल्का रुपमा लिएर सुधार नगरेको खण्डमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौँ ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend