खोटाङ । नेकपा एमाले खोटाङले गठबन्धनले जितेको स्थानीय तहमा राजनैतिक पूर्वाग्रह राखेर उपभोक्ता समितिदेखि कर्मचारीमाथि विभेदपूर्ण व्यवहार भएको भन्दै विरोध जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायतका स्थानीय तहमा एमालेका समर्थक रहेको उपभोक्ता समिति तथा कर्मचारीलाई राजनैतिक पूर्वाग्रह साँधेर ‘टर्चर’ दिइएको भन्दै एमालेले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाल र सचिव कुमार आचार्यले जारी गरेको विज्ञप्तिमा गठबन्धनबाट निर्वाचित स्थानीय सरकारले राजनैतिक आस्थाको आधारमा सम्पन्न भइसकेका योजनाहरुको भुक्तानी दिन आलटाल गर्ने, भुक्तानी रोक्ने, बाधा सिर्जना गर्ने, आफ्नो दल निर्वाचित भएको ठाउँमा र आफ्नो कार्यकर्ताले गरेको काम सम्पन्न नहुँदै अनुगमन नै नगरी तथा लेनदेनका आधारमा भुक्तानी दिने गरिएको भन्दै विरोध जनाइएको छ ।
एमालेले कर्मचारीलाई अदलबदल गर्ने, राजनीतिक आस्थाको आधारमा करारमा कार्यरत कर्मचारीलाई विभेद गर्ने, फरक आस्था भएकाहरुलाई अनावश्यक ुटर्चरु दिने, फरक राजनीतिक आस्था भएका मान्छेरसंयन्त्रलाई निषेध गर्ने जस्ता गैर–राजनैतिक र पूर्वाग्रही ढंगको व्यवहारप्रति घोर निन्दा गरेको छ । ुसबै नागरिकहरुको काम गर्न भनेर निर्वाचित भएको स्थानीय सरकारलाई तुरुन्त यस्ता किसिमका व्यवहार रोक्न र यो किसिमको प्रवृत्तिलाई सुधार्नका निम्ति एमाले कडाईका साथ खबरदारी गर्दछु, विज्ञप्तिमा अगाडि भनिएको छ, ुयो खबरदारीलाई हल्का रुपमा लिएर सुधार नगरेको खण्डमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौँ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend