Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना फैलिएपछि उपत्यका प्रवेशमा कडाइः गृहको आजैदेखि रोक्ने निर्णयले यात्रुलाई सास्ती


    बिहिबार, साउन १५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्रालयले साँझ ७ बाट बिहान ७ बजेसम्म काठमाडौं उपन्यकामा प्रवेश गर्न रोक लगाएको छ । बिहीबार साँझ सूचना जारी गरी उपत्यका प्रवेशमा रोक लगाउने निर्णयले यात्रुहरु मर्कामा पर्ने भएका छन् । भारतबाट काठमाडौं भित्रने क्रम बढेको र उनीहरुबाट कोरोना संक्रमण बृद्धि भएपछि गृहमन्त्रालयले बिहीबार बेलुकादेखि लागू हुनेगरी उपत्यका प्रवेश नाकाबाट आवागमनमा रोक लगाएको छ । जसका कारण बिहीबार बिहान काठमाडौंका लागि प्रस्थान गरेका यात्रुहरु मर्कामा परेका छन् ।

    सरकारले बुधबारै सूचना जारी गरेको भए कतिपय यात्रु काठमाडौं आउँदैनथे होलान् तर बेलुका सूचना जारी गरेकाले बिहान काठमाडौंका लागि हिंडेका यात्रुहरु साँझ ७ बजेबाट उपत्यका प्रवेशमा रोक लगाएपछि बिचल्लीमा पर्ने भएका छन् । उपत्यका बाहिरबाट आएका यात्रुहरुको परीक्षण गर्दा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गृहले यो नियम लागु गरेको जनाएको छ । कोरोना रोकथामका लागि यस्तो निर्णय लागू गराउनु राम्रो पक्ष भए पनि आज बेलुका निर्णय गरेर आजैबाट उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाउनु भनेको गृहको यात्रुलाई सास्ती दिने कार्यका रुपमा लिइएको छ ।

    गृहमन्त्रालयले साउन १६ बाट लागू हुनेगरी यो निर्णय गरेको भए यात्रुहरु समय मिलाएर काठमाडौं आउँथे, तर बिहीबार बेलुका सूचना जारी गरेकाले बिहान काठमाडौंका लागि हिंडेका यात्रु मर्कामा पर्ने भएका छन् ।

    काठमाडौं आउने यात्रुहरुलाई बिना जानकारी आज बेलुका निर्णय गरेर आजैबाट आवागमनमा रोक लगाउँदा यात्रुहरु नै अन्योल र समस्यामा परेका छन् । गृह मन्त्रालयले निर्णय कार्यान्वयन गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार