Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ प्रचण्डको भारत भ्रमणको कार्यतालिका, मोदीसँगको भेट तय हुन बाँकी


    बिहिबार, असार ३० २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भाजपा अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा भोलिदेखि दिल्ली भ्रमणमा जान लागेका माओवादी अध्यक्ष प्रचण्डलाई भाजपा मुख्यालयमा स्वागत गरिने छ।

    भाजपा अध्यक्ष जेपी नड्डासंग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ।

    तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालबीच भेटवार्ता तय भएको छ । यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासंग पनि प्रचण्डको भेट तय गरिएको छ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अहिले निश्चित नभएको जानकारी दिइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार