काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हालतमा हतियार नकिन्ने बताएका छन् । हतियार खरिद गर्नका लागि रकमान्तर गरी बजेट छुट्याइको र तीन गुणाा महंगो मूल्यमा किन्न लागिएको बिषयमा प्रतिपक्षी दलमात्र होइन, आफ्नै दलभित्र बिरोध भएपछि प्रधानमन्त्री देउवा पछि हटेका छन् । नेपाल प्रहरीलाई अपराध अनुसन्धानका लागि आवश्यक प्रविधियुक्त बनाउनुपर्नेमा आवश्यकै नभएको हतियार खरिद गर्न लागिएकोमा प्रहरीका पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीले कमिसनको चक्ब्कर भएको बताउँदैआएका छन् ।
बिचौलिया दीपक भट्टको डिजाइनमा राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्माले रकमान्तर गरी हतियार खरिदको बजेट छुट्याएका थिए । प्रधानमन्त्री पत्नी आरजु राणासँग नै सेटिङ गरी बिचौलिया भट्टले हतियार खरिदका लागि रकमान्तर गराएका थिए । तीन गुणा बढी मूल्यमा हतियार खरिद गर्न लागेका बिचौलिया भट्टले नै सबै चाँजोपाँजो मिलाएका हुन् । तर ब्यापक बिरोध भएपछि प्रधानमन्त्री देउवा तत्काल हतियार खरिद नगर्ने निष्कर्षमा पुगेका छन् । कांग्रेसका सभापतिसमेत रहेका उनले यस विषयमा गृह मन्त्रीलाई निर्देशन दिने बताए ।
नेताहरु गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले केन्द्रीय समितिको जारी बैठकमा प्रहरीलाई किन्न लागेको हतियारका बारेमा प्रश्न उठाएका थिए ।
ुप्रहरीलाई हतियार किनिँदैन । अहिले आवश्यक पनि छैन । त्यो निर्णय होइन । त्यो हतियार अहिले किन्दैनौुं सभापति देउवाले बैठकमा भनेका थिए।
प्रहरीलाई हतियार किन्न भन्दै यसअघि बजेट रकमान्तर गरिएको थियो ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend