Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाबुराम पक्षको जसपा केन्द्रीय समितिको बैठक भोलिदेखि जडिबुटीमा बस्ने, यस्ता छन् एजेन्डा


    सोमबार, असार २७ २०७९
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टीको डा.बाबुराम भट्टराई पक्षको विस्तारित केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ । बैठक मंगलबारदेखि काठमाडौंको जडीबुटीस्थित रोयल बैंक्वेटमा दुई दिनसम्म चल्नेछ ।

    जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले २८ र २९ असारका लागि पर्साको वीरगन्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकमा भट्टराई पक्षलाई आमन्त्रण गरिएको छैन । वीरगन्ज बैठककै समानान्तर हुनेगरी भट्टराईले काठमाडौंमा आफूपक्षीय विस्तारित केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

    बैठकमा हाल पार्टीमा देखिएको अन्तर्संघर्र्ष, स्थानीय तह निर्वाचनको समीक्षा र प्रदेश–प्रतिनिधिसभा निर्वाचनको तयारी एजेन्डा रहेको जसपा केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार