Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति साउनको पहिलो साता घोषणा हुन्छ : गगन थापा


    सोमबार, असार २७ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकार नेतृत्वकर्ता दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा हुने जानकारी दिएका छन् । 

    ललितपुमा सोमबार आयोजित कार्यक्रममा उनले  ४ र ५ साउनमा बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मितिबारे निर्णय गर्ने जानकारी दिएका हुन् । 

    आउने निर्वाचनका लागि तयारीमा छुट्न निर्देशन दिँदै महामन्त्री थापाले मतदातालाई मतदाता नामावलीमा नाम समावेश गर्ने कार्यमा पनि सहजीकरण गर्न बताए । 

    निर्वाचन आयोगले २ मंसिरमा एकैचरणमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी मिति तोक्न सरकारसमक्ष सिफारिस गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार