Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस पदाधिकारी बैठकमा भातृ संस्थाका बारेमा छलफल


    मंगलबार, असार २१ २०७९
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। संघीय संसदको आगमी निर्वाचन र भातृ संस्थाका समस्याका बारेमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा प्रारम्भिक छलफल भएको छ ।

    आज देखी सुरु भएको पदाधिकारी बैठकमा मुख्यत भातृ तथा शुभेच्छक संस्थामा देखा परेका समस्या देखी मर्जसम्मका बिषयमा छलफल भएको हो ।
    प्रवक्ता प्रकाश शरण महतले नयाँ भातृ तथा शुभेच्छक संस्थाका लागि निवेदन आएकाले सोही बिषयमा बैठक केन्द्रित भएको बताए । ‘भातृ संस्थाका लागि निवेदन आएका छन, केहीमा समस्यामा देखा परेका छ, त्यसलाई कसरी हल गर्ने भन्ने बिषयमा छलफल भएको छ’ प्रवक्ता महतले भने । उनका अनुसार बैठक जारी छ । 

    प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भए पछि सो बैठक उपाध्यक्ष पुर्णबहादुर खडकाको सभापतित्वमा बसेको थियो । बैठकमा पुर्व पदाधिकारीसहित केही केन्द्रिय सदस्यहरुको पनि उपस्थिीति रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार