Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, के के छन् एजेन्डा ?


    मंगलबार, असार २१ २०७९
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मंगलबार पनि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषदको बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्न लागेको हो । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गर्छ । तर सोमबार मात्रै मन्त्री फेरबदल भएका कारण बैठक आज बोलाइएको बालुवाटार स्रोतले बताएको छ ।

    अर्थमन्त्रालयमा गएको जेठ १४ गते राति चौधरी ग्रुपमा कार्यरत पूर्व नासु रघुनाथ घिमिरे र बिचौलिया दीपक भट्टकोमा काम गर्ने चार्टर्ड एकाउन्टेन्ट गएर करका दर हेरफेर गरी अरबौं राजस्व मार्ने काम गरेको आरोप छ । मध्यरातमा नासु र सीए गएको सीसीटीभी फुटेज जनहित संरक्षण मञ्चले माग गरेकोमा १३ दिनमै डिलिट भयो भन्दै अर्को गैरजिम्मेवार जवाफ दिएपछि अर्थमन्त्री जनार्दन शर्मा आलोचित छन् । उनको सर्बत्र बिरोध भइरहेको छ । शर्माको सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ । 

    प्रतिपक्षीमात्र होइन, सत्तारुढ दलकै नेता गगन थापाले पनि अर्थमन्त्री शर्माको आलोचना गर्दै उनलाई राजीनामा दिन लाउने, नदिए पदमुक्त गर्न समेत उनले प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार