Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री ओली किन पुगे वामदेव गौतम निवास ?


    मंगलबार, साउन १३ २०७७
    2.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली महासचिव बिष्णु पौडेललाई लिएर उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका छन् । केहीबेरअघि उनी गौतम भेटन भैंसेपाटी पुगेका हुन् । गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहलाई छाडेलगत्तै उनलाई भेट्न प्रधानमन्त्री ओली पुगेका हुृन् ।

    गौतमले प्रचण्ड नेपाल समूहलाई छाडेर ओलीको पक्षमा निकालेको विज्ञप्तिले मंगलबार दिनभर राजनीतिकतमा तरंग पैदा गर्यो । उनले प्रधानमन्त्रीमा ५ बर्ष नै केपी ओली रहने र महाधिवेशनसम्म अध्यक्ष पनि कायमै रहने भन्दै ६ बुँदे विज्ञप्ति जारी गरेपछि आज बिहान ११ बजे बोलाइएको स्थायी समिति बैठक नै प्रभावित बन्न पुग्यो ।

    स्थायी समिति बैठक प्रारम्भ हुनु १५ मिनेट अघिमात्र प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार सूर्य थापामार्फत् स्थगित भएको सूचना फेसबुकमा राख्न लगाए ।

    त्यतिबेलासम्म कतिपय स्थायी समिति सदस्यहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आइसकेका थिए । अध्यक्ष प्रचण्ड पनि सातदोबाटोमा आइसकेपछि स्थगित भएको थाहा पाए । ओलीले बैठक स्थगित गरे पनि बैठक बस्ने भन्दै अलमलमा परेका स्थायी समिति सदस्यलाई बालुवाटारमा बोलाइयो । २५ जना स्थायी समिति सदस्य जम्मा भएपछि बैठक राख्न खोजियो । तर बामदेव गौतमको ६ बुँदे विज्ञप्ति र कोरम नै नपुगेको भन्दै बैठक कुनै निर्णय नगरी टुंगिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार