काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली महासचिव बिष्णु पौडेललाई लिएर उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका छन् । केहीबेरअघि उनी गौतम भेटन भैंसेपाटी पुगेका हुन् । गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहलाई छाडेलगत्तै उनलाई भेट्न प्रधानमन्त्री ओली पुगेका हुृन् ।
गौतमले प्रचण्ड नेपाल समूहलाई छाडेर ओलीको पक्षमा निकालेको विज्ञप्तिले मंगलबार दिनभर राजनीतिकतमा तरंग पैदा गर्यो । उनले प्रधानमन्त्रीमा ५ बर्ष नै केपी ओली रहने र महाधिवेशनसम्म अध्यक्ष पनि कायमै रहने भन्दै ६ बुँदे विज्ञप्ति जारी गरेपछि आज बिहान ११ बजे बोलाइएको स्थायी समिति बैठक नै प्रभावित बन्न पुग्यो ।
स्थायी समिति बैठक प्रारम्भ हुनु १५ मिनेट अघिमात्र प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार सूर्य थापामार्फत् स्थगित भएको सूचना फेसबुकमा राख्न लगाए ।
त्यतिबेलासम्म कतिपय स्थायी समिति सदस्यहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आइसकेका थिए । अध्यक्ष प्रचण्ड पनि सातदोबाटोमा आइसकेपछि स्थगित भएको थाहा पाए । ओलीले बैठक स्थगित गरे पनि बैठक बस्ने भन्दै अलमलमा परेका स्थायी समिति सदस्यलाई बालुवाटारमा बोलाइयो । २५ जना स्थायी समिति सदस्य जम्मा भएपछि बैठक राख्न खोजियो । तर बामदेव गौतमको ६ बुँदे विज्ञप्ति र कोरम नै नपुगेको भन्दै बैठक कुनै निर्णय नगरी टुंगिएको थियो ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend