काठमाडौं । मंगलबारको नेकपा स्थायी समिति बैठक एकलौटी ढंगले स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ विवाद सिर्जना गरेका छन् । यसअघि नै तोकिएको स्थायी समिति बैठक एकल निर्णयबाट स्थगित गरेपछि पार्टीमा जटिल संकट देखा परेको थियो ।
यो अवस्थामा ओलीको कडा प्रतिवाद गर्नुपर्ने आवाज उठेपनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले उत्तेजित हुन नहुने भन्दै अधिकांश स्थायी समितिलाई सम्झाएका थिए ।
ओली निकटका स्थायी समितिको अनुपस्थितिमा बसेको बहुमत सदस्यबीच भएको बैठकमा प्रचण्डले सहमतिमा जोड दिएका हुन् ।
सो बैठकले प्रम ओलीसँग सहमति गर्ने जिम्मा प्रचण्डलाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिएका छन् । मुठभेडको अवस्था भएकाले तत्कालै कडा कदम नचाल्ने भन्दै सहमति नै गर्नुपर्ने र यसको जिम्मा प्रचण्डलाई दिइएको बताइएको छ ।
यसअघि साथै रहेका उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड समूहको साथ छोडेसँगै बहुमतबाट निर्णय गरेर अगाडि बढ्ने विषयमा प्रचण्ड समूह रोकिएको बुझिएको छ ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend