काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज स्थायी समिति बैठक रोक्ने निर्णय प्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीको एकलौटी भएको प्रष्ट पारेका छन् ।
स्थगति भएको पार्टीको बैठक प्रचण्ड र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमतिमा बैठक बोलाइएको थियो । बैठकमा बहुमत सदस्यको सहभागिता रहेको जनाइएको छ ।
आजको बैठकलाई अस्तिको बैठकको निरन्तरताको रुपमा नबुझ्न प्रचण्डले जानकारी गराएको एक स्थायी कमिटी सदस्यले बताए ।
बैठकअघि संस्कृति पर्यटन तथा नागरकि उडड्यनमन्त्री योग भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल र शंकर पोखरेलबीच कृषि मन्त्रालयमा छलफल भएको थियो ।
उक्त छलफलमा पार्टी गम्भीर जटिलतामा गइरहेको र यस्तो अवस्थामा कसैले पनि अप्रिय निर्णय गर्नबाट रोक्ने सल्लाह दिने सहमति भएको थियो ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend