काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी विवादले अनौठो मोड लिएको छ । पछिल्लो समय पार्टीभित्र चरम अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो कित्तामा ल्याउन सफल भएसँगै नेकपा विवादले अनौठो मोड लिएको हो ।
नेकपाको स्थायी समिति बैठक सुरु भएयता प्रम ओलीको विपक्षमा रहेका वामदेवले यू-टर्न लिँदै ओलीको पक्ष लिएका छन् । वामदेव ओलीको कित्तामा आएसँगै ओलीलाई राहत भएको विश्लेषण भैरहेको छ । यसअघि पार्टी सचिवालयमा ६-३ ले पछि परेका ओली अहिले ५-४ को अवस्थामा देखिएका छन् ।
पछिल्लो सातादेखि नै वामदेवले परिवर्तित स्वभाव देखाएपनि उनले मंगलबार भने औपचारिक रुपमै आफू ओली कित्तामा लागेको प्रष्ट पारे । पार्टी विग्रह रोक्नका लागि भन्दै उनले ६ बुँदे प्रस्ताव राखेका छन् । तर सो ६ वटै बुँदामा भने ओलीले चाहेको कुरा मात्र उल्लेख छ । विपक्षमा रहेका पुषपकमल दाहाल प्रचण्ड र माधव नेपाल लगायतले भन्दै आएका कुनै पनि विषय ती बुँदामा अटाएका छैनन् ।
ओली पाँच वर्ष नै प्रधानमन्त्री रहने, महाधिवेशनपछि नेतृत्व परिवर्तन गर्ने, मन्त्रिमण्डल हेरफेर गर्ने, सहमतिमा महाधिवेशन आयोजना गर्ने, पार्टी बैठक पार्टी कार्यालयमा गर्ने र प्रधानमन्त्रीको काममा पार्टीले हस्तक्षेप नगर्ने विषयहरु ती बुँदामा उल्लेख छ ।
वामदेवको यो परिवर्तित स्वभावको कारण भने थाहा भैसकेको उनका विरोधीहरुले दावी गरेका छन् । प्रम ओलीले यसअघि नै महाधिवेशनमा पार्टीको नेतृत्व सम्हाल्न सघाउने बचन दिएकाले उनले कित्ता परिवर्तन गरेको दावी गरिएको छ।
यसअघि पनि पटकपटक प्रलोभनमा पर्दै कित्ता परिवर्तन गर्दै आएका गौतमले ओलीसँग अरु के-के विषयमा सम्झौता गरे भन्ने कुरा अझै बाहिर आइसकेको भने छैन । मन्त्रिमण्डल हेरफेरमा केही मन्त्री उनको भागमा पार्ने लगायतको प्रलोभन पाएरै वामदेवले कित्ता परिवर्तन गरेको दावी नेकपा निकट स्रोतले गरेको छ ।
पछिल्लो समय वामदेव प्रचण्ड निवास खुमलटारमा हुने बैठकमा जान समेत छोडेका थिए । मंगलबारको विज्ञप्तिले भने उनी अब सो समूहमा नै नरहेको प्रष्ट भएको छ। यसले प्रम ओलीलाई राहत मात्र दिएको छैन, उनले एकपक्षीय रुपमा स्थायी समिति बैठक स्थगित गर्दै विपक्षी समूहलाई चुनौती समेत दिएका छन् ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend