Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौंडामा असार ११ बाट राष्ट्रपति रनिङ शिल्ड


    मंगलबार, जेष्ठ ३१ २०७९
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा।हेटौंडा उपमहानगरपालिकामा असार ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ ।

    हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा आधुनिक राष्ट्रिय माविको आयोजनामा असार ११ र १२ गते प्रतियोगिता हुने भएको हो ।

    हेटौंडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी खेल सञ्चालन गरिनेछ । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    प्रत्येक वर्ष स्थानीय तहले आफू अनुकुल समयमा यस प्रतियोगिता सञ्चालन गर्ने गरेको छ । यस प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्लामा प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार