Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित


    मंगलबार, साउन १३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार ११ बजेका लागि तय भएको नेकपा स्थायी समिति बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । पार्टीका दुई अध्यक्षबीच छलफल बाँकी रहेकाले बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

    ‘पार्टीका दुई जना अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ,’ थापाले फेसबुकमा लेखेका छन् ।

    हिजो सोमबार माधव नेपाल लगायतका नेताहरुसँग छलफलले ओलीलाई सहमत हुन आग्रह गरिने र नमानेमा स्थायी समिति बैठक नरोक्ने निर्णय भएको थियो । 

    पछिल्लो समय पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘बोल्ड डिसिजन’ लिन नसकेको भन्दै स्थायी समिति सदस्यहरु असन्तुष्ट रहँदै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार