Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगामी हप्तादेखि सेयर बजार सातामा ६ दिन खुल्ने


    सोमबार, जेष्ठ ३० २०७९
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  । आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ । प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र खुला हुनेछ ।

    सरकारले गत १ जेठेदेखि शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा नेप्से कारोबार भने पाँच दिन मात्र भएको थियो । आइतबारको बिदा कटौती गरेसँगै अब ६ दिन नै सेयर कारोबार गर्ने तयारी रहेको नेप्सेले जनाएको छ । 

    तर, सार्वजनिक बिदाको दिन र शनिवार भने नेप्से बन्द रहनेछ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार