Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लोसपाका नेतालाई प्रधानमन्त्रीको आश्वासन, बजेटको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने


    सोमबार, जेष्ठ ३० २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएको लोकतान्त्रिक समाजवादीका नेताहरूले जानकारी दिएका छन् । 

    सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका लोसपाका नेताहरुसँग प्रधानमन्त्री देउवाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएका हुन् । 

    ‘आज हामी बालुवाटार पुगेका थियौँ । प्रधानमन्त्रीज्यूले बजेटलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिनुभएको छ,’ लोसपा नेता शरदसिंह भण्डारीले न्युज कारखानासँग भने । 

    लोसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहितका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर आफूहरुले बुझाएको ११ बुँदे मागसहितको ज्ञापनपत्रका विषय ध्यानाकर्षण गराएका छन् । 

    उनीहरुले तत्काल नागरिकताको समस्या समाधान गर्न गरेको आग्रहलाई स्वीकार्दै प्रधानमन्त्री देउवाले नागरिकता विधेयक ल्याइहाल्ने बताएका भण्डारीले बताए । 

    साथै जेल जीवन बिताइरहेका आफ्ना नेता रेशम चौधरीलाई कारागारमुक्त गराउन पनि उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 
    तराई मधेश संयुक्त बजेट कटौतीको विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेता भण्डारीले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार