Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्री नेतृत्वको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्दै 


    सोमबार, जेष्ठ ३० २०७९
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक आज सोमबार बिहान सिंहदरबारमा बस्दैछ ।

    गृहमन्त्री बालकृष्ण खाँणका अध्यक्षतामा रहेको समितिको बैठक बिहान साढे ८ बजेपछि गृह मन्त्रालयमा बस्न लागेको हो ।

    गृह मन्त्रालयका अनुसार बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना-२०७९  स्वीकृत गर्ने एजेण्डा छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा विपद्‍बाट २० लाख जनसंख्या प्रभावित हुनसक्ने आँकलनसहित कार्ययोजना बनाइसकेको छ ।

    कार्यकारी समितिमा विभिन्न मन्त्ती, सचिव र सुरक्षा अंगका प्रमुखहरूको सहभागिता रहनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार