Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आँबुखैरेनी पहिरोमा ज्यान गुमाएका दुवै जनाको सनाखत


    शुक्रबार, जेष्ठ २७ २०७९
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तनहुँ । पृथ्वी राजमार्गको तनहुँस्थित आँबुखैरेनीमा सडक भासिएको ठाउँ नजिकै शव भेटिएका दुवै जनाको सनाखत भएको छ ।

    शुक्रबार बिहान करिब ४ बजे आँबुखैरेनी–४ पावरहाउस नजिकको सडक भासिएसँगै बा १० च ४६७९ नम्बरको कार, ग३३प १०८१ नम्बरको मोटरसाइकल र बा१५प २९५३ नम्बरको स्कुटर मर्स्याङ्दी नदीमा खसेको थियो । उक्त दुर्घटनामा ज्यान गुमाएका दुई पुरुषको शव भेटिएकोमा सनाखत हुन सकेको थिएन ।

    प्रहरीका अनुसार ज्यान गुमाउने स्कुटर चालक गोरखा सिरानचोक गाउँपालिका घर भई हाल आँबुखैरेनी–२ बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र कार चालक हेटौंडा उपमहानगरपालिकाका–७ का ३३ वर्षीय हेमबहादुर भुजेल रहेका छन् । उनीहरूको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार