काठमाडौं । स्थानीय तहको निर्वाचनको एक महिनासम्म चुप जस्तै रहेका नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली बिपक्षी बिशेषगरी नेकपा माओवादीप्रति पुनः खनिन थालेका छन् । चुनावमा विपक्षी गठबन्धन आंशिक हुँदा पनि एमालेले २०७४ को तुलनामा १ सय सिट हाराहारी पराजय ब्यहोर्नुपरेको पीडा उनले माओवादीप्रति पोख्न थालेका छन् ।
नेकपा एमालेले ७५२ पालिका (बुढीगंगा नगरपालिकाबाहेक) मा २०५ पालिका प्रमुख जितेको नतिजा आइसक्दा ओलीले एमाले नै मुलुकको सबभन्दा ठूलो दल भएको दाबी गरेका छन् । ओलीले शुक्रबार एमाले मोरङले निर्वाचित जनप्रतिनिधिलाई बधाइ दिन आयोजना गरेको कार्यक्रममा कांग्रेस, माओवादी लगायतका दलहरूले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर संकेत गर्दैै ओलीले भने–‘अस्ति एक जनाले भनेको सुन्दैथें’, ‘हामीले चाह्यौं भने कांग्रेसको हालत पनि एमालेको जस्तै बनाइदिन्छौं ।’ एमालेको हालत बनाउने भनेको के हो ? एमालेको हालत बनाइदिन्छु भन्नेको हैसियत जम्मा कम्मर–कम्मर होइन ?’
‘कम्मर कम्मर पनि होइन । घुँडा घुँडासम्मको पार्टीले एमालेको हालत बनाउने रे † आफू एमालेजत्रो हुन पाए उनले के गर्थे होलान् ? मान्छे कुट्दै हिँड्थे होला । पहिले मान्छे मार्दै हिँडेका थे ।’
चुनावअघि यसैगरी अरु दललाई गाली गर्न ओली जुम्लासम्म पुगेका थिए । उनले चुनावअघि प्रचण्डदेखि नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसम्मलाई कटाक्ष गरे । तर चुनावमा उनले जहाँ जहाँ विपक्षी दलहरुप्रति कटाक्ष गरेका थिए, त्यहाँ त्यहाँ एमाले पराजीत भएको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend