काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा तरंग ल्याउँदै पार्टी छोडेका सुनिलबहादुर थापा भोलि नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् ।
गत शनिबार उनीलगायत ३१ नेताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट संयुक्त राजीनामा दिएका थिए । उनी आफ्नो टिमसहित कांग्रेस प्रवेश गर्ने तय भैसकेको थाहा भएको छ ।
पार्टी प्रवेश गरेपछि थापालाई सह-महामन्त्री पद दिइने भएको कांग्रेस स्रोतले जनाएको छ । उनीसँग आउने पाँच जनालाई केन्द्रीय सदस्य दिने तयारी कांग्रेसको छ ।
कांग्रेसमा जाँदा थापाले आफूलाई महामन्त्री पद मागेका थिए । यस्तै आफूनिकटका अन्य ११ जना नेतालाई केन्द्रीय सदस्य समेत माग गरेका थिए । तर उनीलाई सह-महामन्त्री र पाँच जनालाई केन्द्रीय सदस्य दिने शर्तमा थापा सहमत भैसकेका छन् ।
पछिल्लो समय नेपाली कांग्रेसले राप्रपा लगायतका दलका प्रभावशाली नेतालाई पार्टीमा भित्र्याउने क्रम जारी छ। धनकुटा क्षेत्रमा राम्रो पकड भएका थापाले पार्टीको नेतृत्वपंक्तिसँग असन्तुष्टि जाहेर गर्दै राजीनामा दिएका छन् । पछिल्लो समय राप्रपा एकीकरणपछि नै असन्तुष्ट रहँदै आएका थापाले कांग्रेसबाट आफ्नो राजनीति अघि बढाउन लागेका हुन् ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend