Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ


    बुधबार, जेष्ठ २५ २०७९
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।६६ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार दोलखाको कालिञ्चोक घर घई हाल काठमाडौंको थानकोट बस्दै आएका ३४ वर्षीय अमर बहादुर तामाङलाई पक्राउ परेका हुन् ।

    सविनमाया तामाङको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी दोलखाको कालिञ्चोक गाउँपालिका घर भई हाल काठमाडौंको थानकोट बस्ने ३४ वर्षीय अमर बहादुर तामाङलाई बैंकिङ कसुर सम्बन्धी मुद्धामा ६२ लाख ३३ हजार रुपैयाँ बिगो कायम गरिएको उक्त कार्यालयले जानकारी दिएको छ ।

    त्यसपछि फरार रहेका तामाङलाई मंगलबार काठमाडौंको माकलबारीबाट पक्राउ गरी थप अनुसन्धानको लागि बुधबार जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार