Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानसेनापतिद्वारा तीन उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान


    बुधबार, जेष्ठ २५ २०७९
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दिपक कुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

    सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । उनीहरुलाई जेठ २३ गतेको मन्त्रिपरिषद्को बैठकले उपरथी दर्जामा पदोन्नती गरेको थियो । 

    पदोन्नती भएका उपरथीहरु दिपक कुमार बानियाँलाई नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, होमनाथ दवाडीलाई निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र यामप्रसाद ढकाल युद्ध–मद्दती तथा युद्ध–सेवा मद्दती विभागका विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ । 

    सोही कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका २ जना महा सेनानीहरुलाई प्रधानसेनापति शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार