काठमाडौं । समाजवादी पार्टीको रिक्त सांसद पदमा झापाकी लीला सिटौला निर्वाचित भएकी छिन् । यसअघिकी सांसद सरिता गिरीलाई पार्टीले कारबाही गर्दै पार्टीको सदस्य र सांसदबाट हटाएपछि सो स्थान रिक्त थियो ।
यसअघि नै समानुपातिकतर्फ खस-आर्य कोटामा दुई नम्बरमा रहेकी सिटौलाको नाम समाजवादीले सांसद बनाउनका लागि निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।
सोमबार उनलाई निर्वाचित गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आइतबार सर्वोच्च अदालतले सरिता गिरीको रिट निवेदनमाथि निर्णय गर्दै तत्काल अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको थियो ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले राजनीतिक दल र संसदको कामकारबाहीको विषय भन्दै यसलाई सर्वोच्चले रोक्नु मनासिव नहुने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
‘सम्बन्धित राजनीतिक दलको निर्णय र पत्रका आधारमा संविधानको धारा ८९ तथा राजनीतिक दलसम्बन्धी २०७३को दफा ३२(५) बमोजिम पदमुक्त गर्ने गरी भएको निर्णय तथा कामकारबाही रोक्ने गरी राजनीतिक दल तथा संसदको कामकारबाहीको विषयलाई लिएर अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएन,’ इजलासको आदेशमा भनिएको छ।
समाजवादी पार्टीकी सांसद सरिता गिरी पार्टी सदस्य र सांसद पदबाट निष्कासित भएकी थिइन् । पार्टीकाे ह्वीप उल्लंघन गरेकाे आराेपमा उनी कारबाहीमा परेकी हुन् ।
लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्। नेपालको नयाँ नक्सा जारी हुँदा उनले संसद समेत बहिस्कार गरेकी थिइन् ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend