Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरिता गिरीको स्थानमा सांसद बनिन् लीला सिटौला


    सोमबार, साउन १२ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । समाजवादी पार्टीको रिक्त सांसद पदमा झापाकी लीला सिटौला निर्वाचित भएकी छिन् । यसअघिकी सांसद सरिता गिरीलाई पार्टीले कारबाही गर्दै पार्टीको सदस्य र सांसदबाट हटाएपछि सो स्थान रिक्त थियो । 

    यसअघि नै समानुपातिकतर्फ खस-आर्य कोटामा दुई नम्बरमा रहेकी सिटौलाको नाम समाजवादीले सांसद बनाउनका लागि निर्वाचन आयोगमा सिफारिस गरेको थियो । 

    सोमबार उनलाई निर्वाचित गरिएको निर्वाचन आयोगले जनाएको छ । 

    आइतबार सर्वोच्च अदालतले सरिता गिरीको रिट निवेदनमाथि निर्णय गर्दै तत्काल अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको थियो । 

    न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले राजनीतिक दल र संसदको कामकारबाहीको विषय भन्दै यसलाई सर्वोच्चले रोक्नु मनासिव नहुने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

    ‘सम्बन्धित राजनीतिक दलको निर्णय र पत्रका आधारमा संविधानको धारा ८९ तथा राजनीतिक दलसम्बन्धी २०७३को दफा ३२(५) बमोजिम पदमुक्त गर्ने गरी भएको निर्णय तथा कामकारबाही रोक्ने गरी राजनीतिक दल तथा संसदको कामकारबाहीको विषयलाई लिएर अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएन,’ इजलासको आदेशमा भनिएको छ।

    समाजवादी पार्टीकी सांसद सरिता गिरी पार्टी सदस्य र सांसद पदबाट निष्कासित भएकी थिइन् । पार्टीकाे ह्‍वीप उल्लंघन गरेकाे आराेपमा उनी कारबाहीमा परेकी हुन् ।

    लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्। नेपालको नयाँ नक्सा जारी हुँदा उनले संसद समेत बहिस्कार गरेकी थिइन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार